मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Ad
  • Kalopati
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइनेछ । यसअघि भर्ने म्याद १७ गते रहेकोमा पुरा आइपीओको लागि आवेदन नपरेपछि म्याद थप गरी ३२ गते पुर्याइएको थियो । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: