सेयर बजार राताम्ये हुदाँपनि कारोबार रकममा नयाँ रेकर्ड कायम, खानीखोला हाड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ । जुन आज कारोबारमा रेकर्ड ब्रेक भएको हो ।

यता मौद्रिक नीतिलाई देखाएर बजार घटाउने गिरोहहरु सलबलाउदा पनि कारोबार रकममा भने रेकर्डनै ब्रेक भएको हो । नेप्से सूचकलाई पनि पहिरोनै जाने गरी घटाईरहेका गिरोहले अन्तिममा भने २४.५७ अंकले भन्दा धेरैले घटाउन सकेनन्

यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको १ अर्बबढीको सेयर कारोबार भएको छ । आज ३ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: