आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि ९ सय ५० रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: