ललितपुर महानगरपालिकाले कोरोनाबाट निधन भएका व्यक्तिको परिवारलाई दियो एक लाख २० हजार रुपैयाँ

Ad
  • Kalopati

काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई सहयोग गर्ने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गर्दै एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको हो ।

सूचना अनुसार ललितपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई ६० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यसका साथै कोभिड संक्रमण मुक्त भई डिस्चार्ज भए पश्चात् कुनै कारणले मृत्यु भएमा ६० देखि ३० हजार रुपैयाँसम्म महानगरले रकम दिने पनि सूचनामा उल्लेख छ । महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: