सेञ्चुरी बैंकद्धारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

Ad
  • Kalopati

काठमाडौं । सेञ्चुरी बैंकले आफ्ना सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले प्राप्ति गरेका अन्य कम्पनीहरुले विगतका विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको हो ।

बैंकले विगतका वर्षहरुमा प्राप्ति गरेको अरनिको डेभलपमेण्ट बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक,अल्पाइन डेभलपमेण्ट बैंक र सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सको साधारण सभाबाट पारित लाभांश लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझि लिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले सो अवधिमाभित्र नलिएमा सो लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने पनि बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: