मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो २१.४३ गुणा बढीको आवेदन

Ad
  • Kalopati

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै २१.४३ गुणा बढीको आवेदन परेको छ । बुधबार ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको हो । जुन माग गरिएको भन्दा २१.४३ गुणा धेरै हो ।

कम्पनीले आजबाट ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा ०.५५ अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५५ अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

साउन ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सो समयमा पुरा आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: