लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुँदै, दिउँसो ३ बजेसम्म दाबी पेश गर्न सकिने

Ad
  • Kalopati

रुपन्देही । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिए । प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: