कुमारी बैंकको नाफा ७२.७४ प्रतिशतले बढ्यो

Ad
  • Kalopati

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ७२.७४ प्रतिशतले मुनाफा बृद्धि गरेको छ । यस अवधिमा दुई अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब १५ करोड रुपैयाँले नाफा गरेको थियो ।

वितरण योग्य मुनाफा भने एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । बैंकले यहि मुनाफाबाट लाभांस वितरण गर्न सक्नेछन् । त्यस्तै खुद व्याज आम्दानी ४६.५६ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले ५ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको हो ।

यहि अवधिमा बैंकले २७.५८ प्रतिशतले निक्षेप बढाएको छ भने २४.६४ प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैया रहेको छ भने जगेडा कोषमा ५ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । खराव कर्जा १.३९ प्रतिशतबाट घटाएर १.०८ प्रतिशतमा झारेको छ । त्यस्तै आधार व्याजदर पनि ७.७९ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी १४.४२ रुपैया रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: