बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउने नपाइने

Ad
  • Kalopati

काठमाडौं । आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरस (कोभिड-१९ )को जोखिम बढेपछि निषेधाज्ञालाई कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातीको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ । पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: