परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने, ६० हजार विद्यार्थीलाई खोप दिईने

Ad
  • Kalopati

काठमाडौं । परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो ।

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले प्रवेश पत्रका देखाएपछि खोप लगाउन पाउने भएका हुन् । उनीहरुले अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने बताइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले अन्तर्गतका ६० हजार विद्यार्थीलाई खोप दिने निर्णय गरेको छन्। उनका अनुसार कहिलेदेखि खोप दिने भनेर जिल्लाहरुले मिलाउने छन् ।

काठमाडौंका ४ ठाउँमा खोप केन्द्र तोकिएको छ । सैनिक अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी सत्संग केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । मंगलबार पहिला खोप त्यसपछि परीक्षा भन्दै पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरुले नाराबाजी गरेका थिए । जसमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै पाटन क्याम्पसमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

 

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: