रेलवे कम्पनीका महाप्रबन्धक भट्टराइले दिए राजीनामा, यस्तो छ कारण

Ad
  • Kalopati

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

यसअघि गत आईतबार उनले सरकारलाई स्पष्टिकरण नदिने बताउँदै कारवाही गरे कारवाही भोग्न तयार भएको बताएका थिए । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएपनि भट्टराईले स्पष्टिकरण दिएका थिएनन ।

२०७७ को जेठ २८ गते केपी ओली नेतृत्वको सरकारले भट्टराइलाई रेल कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: