कुलमान घिसिङले बुझे नेपाल विद्युत प्राधिकरणको नियुक्तिपत्र

Ad
  • Kalopati

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरेका छन् । २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: