नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच बढाउने

Ad
  • Kalopati

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता भएको छ । बैंक र महासंघबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच बढाउनको लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरेकी छिन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: