मेलम्चीमा बाढीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज स्थापना गर्न प्रधानमन्त्री देउवाको निर्देशन

Ad
  • Kalopati

काठमाडौं– मेलम्चीमा आएको बाढीले बगाएका पुलको ठाउँमा तत्काल बेलिब्रिज वा यान्त्रिक पुल राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
मंगलबार सम्पन्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाढीले पुल बगाउँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएकाले तत्काल स्थानीय सरकारसँग समन्वय गरी पुल स्थापनाको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले अन्य मुलुकको अनुभवसमेत लिएर मेलम्ची खोला र सो क्षेत्रमा लेदो बग्नुको कारणबारे अध्ययन गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बैठकमा प्रधानमन्त्रीले जहाँजहाँ पुल बगेको छ त्यहीँको स्थानीय सरकारसँग समन्वय गरेर पुलहरू बगाएको ठाउँमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएका हुन् ।

पुलको खरिद तथा जडानका लागि नेपाली सेनालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउन पनि प्रधानमन्त्रीले प्राधिकरणलाई निर्देशन दिएका छन् । पुल जडानको जिम्मेवारी पाएका नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानमन्त्रीबाट भएको निर्देशनबमोजिम सेनालाई प्राप्त हुने पत्रको आधारमा चाँडै पुल खरिद प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

Ad

RELATED POSTS

YOUR FEEDBACK: