त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बालासहित एक युवक पक्राउ

Ad
  • Kalopati

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट १ सय ५० ग्राम सुनको बालासहित उनलाई प्रहरीले मंगलबार विहान ९:४५ मा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका-६ कुमारीगाल बौद्ध बस्‍ने २५ वर्षीय सन्तोष बस्‍नेत रहेका छन् ।

बस्‍नेत जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लाएको प्रहरीको दाबी छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: