बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्रीमा ल्याउने, ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने तयारी

Ad
  • Kalopati

काठमाडौं । भोलि बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमा ०.५५ अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५५ अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सो समयमा पुरा आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: