कैलालीमा स्कार्पियो दुर्घटनामा, चार जना घाइते

Ad
  • Kalopati

धनगढी । कैलालीमा भएको स्कार्पियो दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा अछाम साँफेबगर नगरपालिका–१ का २९ वर्षीय स्कार्पियो चालक गोपी धामी, वडा नम्बर ५ का ४७ वर्षीय रमेश बुढा, वडा नम्बर ६ का ३१ वर्षीय मुकुन्द रावल र ५१ वर्षीय धनकला रावल घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये स्कार्पियो चालक गोपीको अवस्था गम्भीर छ।

अछामदेखि धनगढी आउँदै गरेको सु।प।प्र। ०१००१ च २६५८ नम्बरको स्कार्पियो कैलालीको चुरे गाउँपालिका–३ सल्लेघारीमा अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। घाइतेलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको अधिकारीले जानकारी दिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: