दार्चुलामा स्क्रब टाइफसका ८ बिरामी फेला, पुरुषको तुलनामा महिला बढी

Ad
  • Kalopati

दार्चुला — दार्चुलाको विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये महाकाली नगरपालिका तथा व्यास र मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसका बिरामी देखिएका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा स्क्रब टाइफस भेटिएको छ । जिल्ला अस्पतालका अनुसार ६ महिला र दुई जना पुरुषमा स्क्रब टाइफस देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार महाकालीका ६ जना तथा मालिकार्जुन र व्यास गाउँपालिकामा एकरएक जनामा स्क्रब टाइफस देखिएको हो ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरूको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । पुरुषको तुलनामा महिलाहरूमा स्क्रब टाइफसका बिरामी बढी भेटिन थालेको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा घाँस तथा स्याउला संकलन गर्ने भएका कारण स्क्रब टाइफसको जोखिममा रहेको अस्पतालले जनाएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: