अर्बपति विनोद चौधरी भन्छन् – ‘भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनरविचार गरौँ’

Ad
  • Kalopati

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरीले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनरविचार गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा केही हुन नसक्ने भन्दै कोरोना संक्रमण बढिरहेको बेला सबै सावधान हुनुपर्नेमा जोड दिएका छन् ।

‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन’, उनले ट्वीटरमा भनेका छन्, ‘जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनरविचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’यसअघि स्वास्थ्य राज्यमन्त्रीले पनि भौतिकरुपमै परीक्षा सञ्चालन गर्नेबारे पुनरविचार हुने बताएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: