सिमावर्ती क्षेत्रमा अलपत्र नेपालीको उद्धार, सीमामै र्‍यापिड टेस्ट हुँदै

सुदूरपश्चिमको कैलाली
Ad
  • Kalopati

धनगढी, जेठ ०२ ।
सुदूरपश्चिमको कैलालीसँग सिमाना जोडिएका सीमावर्ती भारतीय सहरमा अलपत्र परेका ४ सय बढी नेपालीको आज उद्धार गरिएको  छ ।

नेपाल-भारत सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढि नेपाली डेढ महिना बढि क्वारेन्टाइनमा बसेका थिए । उनीहरुका लागि आज जन्मभूमीको ढोका खुलेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिने छ। 

कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै ¥यापिड टेस्ट समेत भईरहेको जानकारी दिए। 

प्रशासनका अनुसार सीमापारि कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेका छन्। धनगढीमा रहेका भारतीयहरुलाई पनि आज भारत पठाउने तयारी भईरहेको छ। 
 

Ad

RELATED POSTS

YOUR FEEDBACK: