धनगढी उपमहानगरपालिका वडा नं. ५ मा पनि भेटियो कुहिएको चामल

कुहिएको फेला
Ad
  • Kalopati

धनगढी, जेठ २ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पनि राहतको चामल कुहिएको फेला परको छ । शुक्रबार धनगढी उपमहानगरपालिका द्धारा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्वर ५ मा सामुदायिक प्रहरी कार्यालयमा रहेको गोदाममा अनुगमन गरिएको गर्दा चामल कुहिएको फेला पारेको हो ।

वडा नम्वर ५ मा १५ किलोग्राम तौल भएका सबै कट्टाको चामल कुहिएको फेला परेको छ । वडा नम्वर ५ मा १५ किलोका ८ सय ८७ कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको छानबिन समितिले जानकारी दिएको हो । छानबिन समितिका अनुसार ८ सय ८७ पोकामा १३ हजार तीन सय पाँच किलो चामल कुहिएको भेटिएको हो ।

यसभन्दा अगाडि छानबिनको पहिलो दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी धामको गोदाममा छापा मार्दा त्यहाँ राखिएको राहतको चामलको २ सय ६९ वटा कट्टामा कुहिएको चामल फेला परेको थियो ।

राहतको नाममा वितरण गरिदै आएका चामल कुहिएको भेटिन थालेपछि स्थानिय आन्दोलिद बनेका थिए । धनगढी उप–महानगरपालिकाले २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: