अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपाली गायक दिवेश पोखरेल

दिवेश पोखरेल
Ad
  • Kalopati

धनगढी, वैशाख २९ ।

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्न सफल भएका छन्। उत्कृष्ट ७ का लागि सोमबार भएको प्रतिस्पर्धामा उनले ‘किस द गर्ल’ गीत गाएका थिए। उनले आर्थर गनका नामले प्रस्तुति दिने गर्छन्।

अब उनलाई उत्कृष्ट ७ बाट अगाडि बढाउन भोटिङ सुरु भएको छ ।

दिवेशलाई टेक्स्ट मेसेज, वेबसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् ।

उनीसहित जस्ट साम, जोनी वेस्ट, लुइस नाइट, जुलिया गार्गानो, फ्रान्सिस्को मार्टिन र डिलोन जेम्स उत्कृष्ट ७ मा पुगेका हुन्। उत्कृष्ट ११ मा पुगेका जोभिन वेब, सोफिया जेम्स, ग्रेस ली र माकाल्या  फिलिप्स भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्। 

Ad

RELATED POSTS

YOUR FEEDBACK: