भारतमा कोरोना संक्रमित ६७ हजार नाघ्यो, मृत्यु हुने २,२०६

Corona Update
Ad
  • Kalopati

नयाँदिल्ली, वैशाख २९ ।
छिमेकी मुलुक भारतमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको पुष्टि गरेको छ । 

मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा विभिन्न क्षेत्रमा गरी चार हजार दुई सय १३ जनामा संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४४ हजार २९ जना संक्रमितको उपचार भइरहेको र २० हजार नौ सय १६ संक्रमित उपचारपछि निको भएर घर फर्किएका जनाएको छ । 
सरकारी तथ्यांकअनुसार आइतबारसम्म भारतमा कोरोना भाइरसका कारण दुई हजार दुई सय ६ जनाको मृत्यु भइसकेको छ । -बीबीसी

Ad

RELATED POSTS

YOUR FEEDBACK: