‘लकडाउनकाबिच कोही समस्यामा परे खबर गर्नु, सम्पुर्ण संयन्त्र परिचालन गरि समाधान गर्छौँ’

भागेश्वर गाउपालिका
Ad
  • Kalopati

डडेल्धुरा, बैशाख २७ ।
विश्व माहामारिको रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) का कारणले अहिले देश पुरै लकडाउनमा छ । लकडाउनको कार्यान्वयनमा शहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत स्थानीय तहको ठुलो भूमिका छ । आज लकडाउन लागू भएको सचालिसऔँ दिन पुगिसकेको छ । अधिकांश स्थानीय तहहरुले कोभिड १९ बाट बच्न वडा वडा प्रबेश निषेध समेत गरेको छन् । यो अवस्थामा हामीले स्थानीय तहले कसरी काम गदैं छन् ? के अवस्था छ ? भन्ने बिषयमा भागेश्वर गाउपालिका अध्यक्ष कौशिला भट्टसंग कुराकानी गरेका छौं ।

डडेल्धुराबाट दिपक राज भट्टले गर्नुभएको कुराकानीको संपादित अंश

सरकारले लकडाउन घोषणा गरेपछि त्यस क्षेत्रमा कस्तो प्रभाव परेको छ ? पालन कसरी भईरहेको छ ?


यति बेला कोरोना भाईरस ९कोभिड १९० को महाव्याधिले बिश्व समुदाय नै आक्रान्त छ । त्यस्को प्रभावमा हाम्रो मुलुक पनि परेको छ नै । समयमै सरकारले निकै सुझवुझ, निकै सावधानी र जिम्मेवारी पुर्वक लकडाउन गरेको पनि एक महिना नाघिसकेको छ । भागेश्वर गाउपालिकामा पनि यस्को प्रभाववाट मुक्त रहने त सवालै छैन । विश्वभरी महामारिका रुपमा फैलिएको कोभिड १९ को नियन्त्रण रोकथाम तथा व्यवस्थापनमा गाउपालिकाको सम्पूर्ण संयन्त्र परिचालित छ । पाँचै वटै वार्डका जनप्रतिनिधि, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी लगायत हाम्रो सम्पुर्ण संयन्त्र परिचालित छ र हामीले पाचै वडामा क्वारेन्टाइनको व्यवस्थापन गरेका छौ । लकडाउनको गाउपालिकामा राम्रो प्रभाव रहेको पाईएको छ । सबै जनता संयमित छन् ।

यस गाउपालिकामा भारतबाट आएका मानिसहरुको तथ्यांक के कति हो ?

डडेल्धुराका अधिकांस मानिसहरु रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गरेका छन् । यस अवधिमा भारत लगायतका मुलुकवाट आजका मितिसम्म दुई सय बाईस जना भागेश्वर गाउपालिकामा भित्रिएका छन् ।

गाउपालिका क्षेत्रमा धेरै मानिसहरु बिपन्न गरिब, दैनिक ज्यालादारी गरेर खाने वाला छन् । अहिले तिनीहरु समस्यामा परिरहेको छन ? कसरी व्यवस्था गर्दै हुर्नुहुन्छ ?


भागेश्वर गाउपालिका क्षेत्रमा मानिसहरु बिपन्न गरिब, दैनिक ज्यालादारी गरेर खाने रहेका छन । यहाँका जनतामा गरिबीको अवस्था नै रहेको छ । जु्न दैनिक रुपमा काम गरेर खाने वर्ग आज लामो समयको लकडाउनले समस्या उत्पन्न हुँदा हामीले वडाहरुबाट तथ्याङ्क संकलन गरेर गाउपालिकाको राहत वितरण कार्यविधी निर्माण गरी सबै वडाबाट  पहिलो चरणको चार सय चालीस परिवारलाई राहत वितरण गरिसकेका छौँ   र दोस्रो  चरणको राहात बितरण पनि बिहिबार बाट वसुरु गरिसकेका छौ दोस्रो चरणको राहात चार सय पचास जनालाई बिरण गरिने योजना रहेको छ ।

हामिले देशमा लकडाउनको अबधि थपिदै जादा गाउघरमा यातायात सेवा बन्द रहेकाले अहिले गाउका गरिब विपन्न  परिवारलाई खाद्यान्न अभाव भएको र ब्यापारिहरुले मुल्य बढि लिने भएकाले हामिले पाचै वडामा ब्यवसायि मार्फत सुपथ मूल्य पसल समेत संञ्चान गरेका छौ । गाउपालिकाले निरन्तर  औषधि सेवन गरिरहेकाहरुको समस्या लाई मध्यनजरमा राखेर हामिले वडा बाट त्यिनिहरुको विवरण तयार पारेर उनिहरुलाई निशुल्क औषधि दिने ब्यवस्था समेत गरेका छौँ ।

भागेश्वरका युवाहरुबाट यो विपतमा कस्तो सहयोग पाउनु भएको छ ?


वास्तममै अहिले भागेश्वरका हरेक युवा साथीहरुले गाउपालिकालाई आर्थिक, भौतिक सहयोग गरिरहनु भएको छ कतै गाउँ गाउँमा जनचेतना दिएर सहयोग गरिरहनु भएको छ कतै सूचना सम्पेसण गरेर त कसैले आर्थिक सहयोग गरेर समेत हामीलाई युवाले सहयोग गरिरहुनु भएको छ ।

अन्त्यमा, गाउपालिकासीलाई यहाँको के भन्न चाहनुहुन्छ ?


यो विश्वव्यापी रुपमा फैलिएको महामारी हो । यसबाट वच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गरि घरमै वसिदिनु सबैमा अनुरोध छ, विश्व समुदायनै कोरोनाविरुद्ध लडिरहेका बेला घरमा जे जस्तो छ त्यही मिठो मसिनो खाएर केही दिन आफ्ना लागि र मुलुकका लागि योगदान दिउ । यस अवधीमा केही समस्या परे सामाधानका लागि हामी तत्पर छौँ । सम्पर्क गर्नु होला कहाँ के भईरहेको छ ? हामी सम्पूर्ण संयन्त्रहरुलाई परिचालन गरेर भए पनि आमनागरिकलाई सहुलियत प्रदान गर्ने छौँ । गाउपालिकामा रहेका सम्पूर्ण नागरिकहरुले संयमित भएर आफु र आफ्नो परिवारका साथै समुदाय र राष्ट्र बचाउनका लागि योगदान पुगाउन हुन पुनःआग्रह गर्दछु र सबैले आआफनो ठाउबाट सहयोग गर्नु समेत अपिल गर्दछु ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: