नेपाली भुमी अतिक्रमण, भारतले खोल्यो लिपुलेक हुँदै मानसरोवर जाने बाटो

मानसरोवर
Ad
  • Kalopati

वैशाख २६ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी दिल्लीवाट भिडियो कन्फरेन्समार्फत सो सडकको आज उदघाटन गरेका हुन ।

उनले उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उदघाटन गरेका हुन् । सो सडक भारतको बोर्डर रोड अर्गनाइजेसन ‘बीआरओ’ले निर्माण गरेको हो ।

सडकमार्ग उदघाटनका विषयमा नेपाल सरकारले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । लिपु लेकमा सडक निर्माण कार्यको नेपालले यसअघि नै विरोध गर्दै आएको छ । लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको छ ।

भारतले नेपालसँग छलफल नै नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेको हो । नेपाली भूमि समावेश गरेर २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरेपछिको विवाद कायमै रहेको अवस्थामा भारतले सडकमार्ग खोलेको हो । सो विषयमा भारतले वार्ता गर्ने बताएपनि अहिलेसम्म मिति तय हुन सकेको छैन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: