नेपाली जनसम्पर्क समिति भारतद्धारा मुख्य मन्त्री भट्टलाई ज्ञापनपत्र

मुख्य मन्त्री भट्टलाई ज्ञापनपत्र
Ad
  • Kalopati

धनगढी, वैशाख २५ ।
नेपाली जनसम्पर्क समिति भारतले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरसले गर्दा विश्वका थुप्रै देश यसको चपेटमा परेका छन र हामि नेपाली पनि अछुत भने रहन सकेनौ ।

खास गरी नेपाल बाट पढाई तथा रोजगारीको सिलसिलामा बाहिर रहेका नेपाली नागरीकहरु औषधि उपचार लगायत विभिन्न किसिमका समस्याले प्रभावित भएका छन् । विशेस गरी रोजगारीको सिलसीलामा छिमेकी मुलुक भारतमा रहेका नेपाली नागरीकहरुलाई आफ्नो एक छाक टार्न पनि नसकिने अवस्था सिर्जना भएको छ । अहिले उनिहरु लाई रोगले भन्दा पनि भोकले मर्नु पर्छ भन्ने डरले बढी सताईरहेको छ ।

त्यसैले भारतमा रहेका नेपाली नागरीकहरुलाई स्वदेश फर्काउने प्रयास गर्न भनि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनभट्ट लाई नेपाली जनसम्पर्क समिति भारत केन्द्रीय सदस्य हेमराज खत्री र योगेन्द्र खत्रीको संयुक्त उपस्थितीमा ज्ञापनपत्र बुझाईएको छ ।

ज्ञापनपत्र बुझाउदै नेपाली जनसम्पर्क समिति भारत केन्द्रीय सदस्य हेमराज खत्रीले सुदूरपश्चिम प्रदेश सरकारले समस्यामा परेका नागरीकलाई चाँडै उद्धार गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: