जनताद्धारा पत्रकार धानुक अभिनन्दित

Ad
  • Kalopati

धनगढी, वैशाख २५ ।
विगत ४ वर्षदेखि संचालित कार्यक्रम तातो वहसका उत्पादक तथा प्रस्तोता पत्रकार नवराज धानुकलाई बुद्धजयन्तिको अवसर पारी स्रोता (जनता)ले फुलमाला अविर सहित अभिनन्दन गरेकाछन् ।

पत्रकार धानुकले कार्यक्रम तातो वहस मार्फत सुदूरपश्चिमेलि जनताका हरेक तिता मिठा घटनामा सथ दिदै सत्य र निष्पक्षरुपमा निस्वार्थ भावनाले न्याय र नागरीकको अधिकारको निम्ती आवाज उठाएको भन्दै अभिन्दन गरेका हुन । 


पत्रकार धानुकलाई बिहिबार बुद्ध जयन्तिको अवसर पारी रेडियो धनगढीको कार्यालय मै पुगि स्रोता हरुले सधै जनभावनाको कदर गर्दै सत्य, तथ्य सुचना प्रभाह गरी सम्बन्धित निकायलाई घचघच्याउन सदा सर्मपित हुन शुभकामना समेत दिएका छन् । 


कार्यक्रममा बोल्दै अभिनन्दित पत्रकार धानुकले आफु सदैब स्रोता,(जनता) हरुको को विश्वास र मायाको उच्च सम्मान गर्दै सदा निषपक्ष र निस्वार्थ भावनाले नागरीकको अधिकारको निम्ति आवाज उठान गर्नमा पछि नहट्नेमा सबैलाई विश्वस्त पार्नु भयो । 

Ad

RELATED POSTS

YOUR FEEDBACK: