पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर बिधिबाट एक जनाको पनि कोरोना परिक्षण भएन

कोरोना परीक्षण उपकरण
Ad
  • Kalopati

धनगढी, वैशाख २४ ।
सुदूपश्चिम प्रदेशमा बुधबार पीसीआर बिधिबाट एक जनाको पनि कोरोना परिक्षण गरिएको छैन । पछिल्लो २४ घण्टामा एक जनाको पनि परिक्षण नभएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको नियमित प्रेश ब्रिफिङका क्रममा दिईएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा आरडीटी अर्थात ¥यापिड टेष्ट मार्फत भने ७१ जनाको कोरोना परिक्षण गरिएको छ ।

यो संगै मंगलबार सम्म सुदूरपश्चिममा १७ हजार ३ सय ७२ जनाको कोरोना परिक्षण भईसकेको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

जसमा पीसीआर प्रबिधिबाट २ हजार ९ सय १९ जनाको कोरोना परिक्षण गरिएको छ भने ¥यापिड टेष्टमा मार्फत १४ हजार ४ सय ७२ जनाको कोरोना परिक्षण गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना पोजेटिभ देखिएकोमा ४ जना निको भएर घर फकिसकेका छन भने एक जना सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन ।

त्यस्तै सुदूरपश्चिममा ३ हजार २ सय ३२ जना क्वारेन्टाईनमा राखिएका छन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: