कञ्चनपुरको महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा बालक घाइते

Ad
  • Kalopati

कञ्चनपुर, वैशाख २४ ।
कञ्चनपुरको महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली बिस्फोटक पदार्थ पड्किँदा घाइते भएका हुन् ।

छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ९ वर्षीय नेपाली घाइते भएका महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिए ।

सिजालीका अनुसार नेपालीको दुवै हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको सिजालीले बताए । बिस्फोटक पदार्थ पड्किएको ठाउँमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभइ सानो खालको विस्फोटक बस्तु भएको बताए ।

प्रवक्ता पौडेलले घटनाको अनुसन्धान भइरहेको र उक्त बस्तु राख्ने समूह तथा व्यक्तिको खोजिकार्य भइरहेको जानकारी दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: