लकडाउनमा नियमित औषधि सेवन गर्ने मर्कामा, भागेश्वर गाउँपालिकाले निःशुल्क औषधि वितरण गर्ने

Ad
  • Kalopati

डडेल्धुरा, बेशाख २४ । दिपकराज भट्ट (डि.आर)
विश्व माहामारिको रुपमा रहेको कोरोना ( कोभिड १९) ले गर्दा अहिले देशभर लकडाउन गरिएको छ । लकडाउनको समयमा यातायात बन्दका कारण दैनिक रुपमा चाहिने औषधिको अभाव रहँदै आएको पाईन्छ ।

यसैबिच नियमित रुपमा औषधि सेवन गरिरहेकाहरुलाई समस्या भईरहेको समयमा डडेल्धुराको भागेश्वर गाउँपालिकाले निःशुल्क औषधि वितरण गर्ने भएको छ ।

अहिले गाउपालिकाले पाचै वडालाई विवरण तयार पार्न लगाएको र विवरण आईसकेपछि गाउपालिकाले औषधि विरणको काम सुरु गर्ने गाउपालिका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: