एकाएक भाइरल भएका सुमन भन्छन्- ‘सुन लगाउँदैमा सुकुम्बासीका पक्षमा बोल्न पाइँदैन र ?’

Ad
  • Kalopati

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार गरेको प्रदर्शनका क्रममा मेरो न्युजले खिचेर सार्वजनिक गरेको एउटा तस्विर निकै भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले ‘जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् । घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन् ।

सुकुम्बासीको जुलसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर जताततै भाइरल भएको छ । यही भाइरल भएका वीरबहादुर श्रेष्ठ (सुमन)ले भने आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताएका छन् । भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले आफु २/४ तोला सुन लगाउँने र सो काम आफ्नो शोख भएको बताएका छन् ।

‘सुन लगाउँदैमा सुकुम्बासीका पक्षमा बोल्न पाइँदैन र ?’उनले प्रश्न गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: