डब्लुएचओसंग अमेरिकाको सम्बन्ध समाप्त भयोः डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्प
Ad
  • Kalopati

काठमाण्डौ, जेठ १७ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको भनि घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गरेका थिए ।च ीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ । चीनको वुहानमा सबेभन्दा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसको महामारीको प्रभाव अमेरिकामा धेरै परेपछि दुई देशको सम्बन्ध थप चिसिएको छ । कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै रहेका देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ एक लाख ४ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: