लकडाउनमा वैज्ञानिक वनको नीतिको व्यापक उल्लंघन, वडा अध्यक्षदेखि डिएफओ सम्म आर्थिक चलखेल

वन फँडानी
Ad
  • Kalopati

धनगढी, जेठ १४ ।
लकडाउनको समयमा कैलाली कञ्चनपुरमा वैज्ञानिक वनको नाममा अनियन्त्रित फडानी तिव्र बन्दै गएको छ । सरकारले ल्याएको नीति भन्दै वर्षैँदेखी संरक्षण गरिदै आएका वन सारा जनता घरभित्रै बस्न बाध्य भएका बेला भएका वनजंगलहरु धमाधम अनियन्त्रित रुपमा काट्ने गरेको भेटिएको छ ।

कालोपाटीको टिमले विभिन्न सुचनाका आधारमा कैलाली कञ्चनपुरका विभिन्न ठाउँमा भएको वैज्ञानिक वनको निरिक्षण गर्दा सरकारले ल्याएको वैज्ञानिक वनको नीति र मापदण्ड विपरित रहेर धमाधम रुख फँडानि गरेको पाईएको हो । विभिन्न स्रोत र जानकारीका आधारमा यस्तो अवैधानिक गतिविधि सामुदायिक वनका अध्यक्ष देखि वन डिभिजन कार्यालयको डिएफओ को मिलेमतो भएको खुलासा भएको छ ।

कोरोना भाइरसका कारण सारा जनता घरभित्रै बस्न बाध्य बनेका बेला जनताको विरोध नहोस भन्ने मनसायका साथ डिएफओ को प्रत्यक्ष मिलेमतोमा कटानी आदेश जारी गर्नुले लाखौँको आर्थिक चलखेल भएको आशंका गरिएको छ । साथै यस्ता विषय विभिन्न सञ्चारमाध्यबाट बाहिरीन थालेपछी स्थानियले समेत विरोध जनाउन थालेका छन् । कतिपय ठाउँमा त स्थानियले कटानीकार्यमा प्रयोग हुने औजार कब्जा गरेपछि वैज्ञानिक वनको नाममा भएका अनियन्त्रित फडानि स्थागित भएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: