कोरोना रोकथाममा सुदूरपश्चिम प्रदेश सरकारको पहल, परिक्षणका लागि २२ हजार किट आपुर्ति गरिने

टेष्ट किट
Ad
  • Kalopati

धनगढी, जेठ १२
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक पर्ने थप सामाग्रि खरिदको प्रक्रिया अघि सारेको छ । विश्वमै आतंक मच्याएको कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेश सरकारले कोरोना चेकजाँज तथा परिक्षणका लागि आवश्यक पर्ने सामाग्रि खरिदको प्रक्रिया अघि बढाएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना भाईरसको परीक्षणका लागि चाहिने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया अघि बढाएको छ ।

सुदूरपश्चिममा भारतबाट भित्रिनेहरुको संख्या बढेसँगै जोखिम पनि बढेका कारण कोरोना परीक्षणका लागि २० हजार र्यापिड टेष्ट किट र दुई हजार पीसीआर किट गरी २२ हजार किट लगायतका अन्य सामाग्री खरिदको प्रक्रिया सुरु गरेको हो ।

कोरोना भाइरसका शंकास्पद संक्रमितहरुको नमूना संकलनका लागि आवश्यक पर्ने दुई हजार भिटिएम, स्वास्थ्यकर्मीको सुरक्षका लागि चाहिने पिपिई सेट पाँच सय र एक हजार केएन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको आपुर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र बोगटीले बताउनुभयो ।

आह्वान गरिएको बोलपत्रमा पाँच जना आपूर्तिकर्ताले बोलपत्र पेश गरेका छन् । पेश गरिएका बोलपत्रहरुको मुल्याङ्कन गरि आपूर्तिकर्ता छनौट गर्दै ठेक्का प्रक्रिया अगाडी बढोने तयारी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: