धनगढीमा हुने अघोषित लोडसेडिङ्गको मार खेप्दै लकडाउनमा घरमै बस्न बाध्य बनेका सर्वसाधरण

लोडसेडिङ्ग
Ad
  • Kalopati

धनगढी, जेठ ११ ।
धनगढी लगाएत आसपासका क्षेत्रमा केही महिना यता हरेक बाहानामा हुने गरेको अघोषित लोडसेडिङ्गले सेवाग्राही मारमा परेका छन् । लकडाउनको बाद्यात्मक परिस्थितिमा तराई क्षेत्रमा गर्मी बढ्दै जान थालेपछि उप–महानगरपालिका सहित आसपासका क्षेत्रका सेवाग्राही समस्यामा परेका हुन् ।

पछिल्लो केहिदिन यता धनगढीलगाएत आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढेसंगै अनियमित विद्युत कटौती हुन थालेपछि दैनिकी कष्टकर बनेको सेवाग्रीहरुले गुनासो गरेका छन्। जहिले पनि गर्मी मौसम तथा पानि पर्दा र सामान्य हावाहुरी चल्दा विद्युत प्र शारण लाईनका विभिन्न उपकरणमा खरावी देखिनु भनेको विद्युत प्रधिकरणको गैर जिम्मेवारी कार्य भएको भन्दै सर्वसाधरणले विरोध गर्न थालेका छन् ।

धनगढीमा हुने अनियमित लोडसेडिङ्गका कारण विद्युतिय उपकरणमा समेत खराबी आएको भन्दै स्थानियले गुनासो छन् । धनगढी वितरण केन्द्रले विभिन्न वाहाना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ भने विद्युत नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा गर्मी कटाउन मुस्कील परिरहेको छ। झण्डै ५७ हजार भन्दा बढी सेवाग्राही भएको धनगढी वितरण केन्द्रमा यो समस्या बढी देखिएको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: