धनगढीमा पक्राउ परे चोरीका दुई कारसहित एक युवक

चोरीमा संलग्न युवक
Ad
  • Kalopati

धनगढी, जेठ ९ ।
धनगढीमा चोरीका दुईवटा कार सहित युवक पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तरबेहडीबाट चोरीका कार सहित युकवलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर नगरपालिका वडा नम्बर ५ न्युरोड टोल घर भई धनगढी १ बसन्त टोल बस्दै आएका १६ वर्षीय नबिन सार्की रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

जेठ ३ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ४ उतरबेहडीका राजेन्द्र बहादुर मल्लले घर अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा बा ८ च २१०० नम्बरको कार र ७ गते राती सोही ठाउँका रबिन्द्र देव भट्टको डेरा कोठा भएको घरको आगनमा राखेको होन्डाई कम्पनीको बा १४ च ४७८१ नम्बरको गाडी चोरी भएको विषयमा अनुसन्धान गर्दै जादा युवकलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

पक्राउ परेको युुवकको साथबाट चोरी भएको कारबाटै हराएको १२ हजार चार सय ७० रुपैया, विभिन्न कागजात र दुईवटा मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पुर्व अपराधः
१) जाहेरवालाले पार्किङ गरी राखेको मुल्य रू. ३५० ० ० ० । बराबरको बा ७१ प ७६३८ नं. चेसिस एल एस एस एल एफ एन आई १ ए र ० ० ० ० २ १३ र ईन्जिन नं.२ एस १ ७७ एम एम एफ ४००१९९ भएको २४४ को सेतो र नोलो रंगको क्रस फायर मो.सा. समिरनाथ योगी र नबिन सार्कीले चोरी गरी फरार भएको भन्ने रमन रेग्मीले महानगरीय प्रहरी वृत महाराजगंज काठमाण्डौबाट मिति २०७६।०१।२९ गते मुद्दा नं. ६५३ मा मो.सा.चोरी गरी फरार रहेको ।

२) जि.प्र.का.दाङबाट मिति २०७६।०५।१३ गते मुद्दा नं. ४९ मा कार घरमा पार्किङ गरी राखेको लु १
च२६०३ नं. को सुजुकी कार चोरी गरेको ।

३) ई.प्र.का.तुल्सीपुर दाङबाट मिति २०७६।०४।०५ गते मुद्दा नं. ३ मा मो.सा. चोरीमा
मिति२०७६।०४।०४ गते राती १२स्००बजेको समयमा जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालीका वडा नं.५ बसपार्क जिवेश नाथ योगीले आफ्नो पसलको बराण्डामा पार्किङ गरी राखेको रा ३ प ९३४९ नम्बरको मोटरसाईकल चोरी गरेको ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: