लकडाउनका बेला पक्राउ परे डडेल्धुरामा दुई नक्कली स्वास्थ्यकर्मी

पक्राउ
Ad
  • Kalopati

डडेल्धुरा, जेठ ७ ।
डडेल्धुरामा स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवक पक्राउ परेका छन्। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउद पक्राउ गरेको हो ।

धनगढीबाट अछाम जान लागेका दुई युवालाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको थियो । ‘उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने। पक्राउ परेका दुवैलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको उनले बताए।

Ad

RELATED POSTS

YOUR FEEDBACK: