सहमतिमा खोलियो अजयमेरु ४ को कार्यालयमा लगाइएको ताला, कर्मचारी क्वारेन्टाइनमा बस्न तयार

ताला
Ad
  • Kalopati

डडेल्धुरा, जेठ ७ ।
जिल्ला बाहिर बाट आएका सबै लाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राखिने भए पछि अमजयमेरु गाउपालिका–४ को कार्यालयमा गरिएको तालाबन्दि खोलिएको छ । अजयमेरु गाउपालिका–४ को कार्यालयमा मंगलबार राती तालाबन्दि गरिएको थियो ।

गाउपालिकाले लकडाउनका समयमा जिल्ला बाहिर लगायत अन्य ठाँउ बाट आएका सबै लाई अनिवार्य रुपमा क्वारेन्टानमा राख्ने सहमती जनाए पछि ताला खुलाईएको स्थानिय राम बिष्टले बताए । क्वारेन्टाइनमा बस्न नमानेका भवानि सिंह एेडिलाई क्वारेन्टाईनमा राखिने सहमती पछि वडा कार्यालयमा लगाईएको ताला खोलिएको छ ।

तत्कालिन अवस्थामा चिपुर गा।वि। स सचिव रहेका स्थानिय भवानी सिंह ऐडीले कञ्चनपुर बाट आएको बताउदै क्वारेन्टाईनमा बस्न नमाने पछि स्थानियले वडा कार्यालयमा राती तालाबन्दि गरेका थिए । अहिले उनि क्वारेन्टाईनमा बस्न तयार भएका छन । गाउपालिकाले उनि लगायत जिल्ला बाहिर बाट आउने सबै लाई अनिवार्य क्वारेन्टाईनमा राख्ने सहमती स्थानिय संग गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: