कैलालीमा बढ्दै अनियन्त्रीत वन फडानी, बैज्ञानिक वन खारेजीको माग

वन फडानी
Ad
  • Kalopati

धनगढी, जेठ ०६ । 
कैलालीमा लागु भएको वैज्ञानिक वन कार्यक्रमको कारण वातावरणमा प्रतिकुल असर पुग्नेगरी वन फडानी भईरहेको हुदा तत्काल खारेज गर्न स्थानियले माग गरेका छन् । 
कैलालीमा काठ व्यवसायी, नेता, कार्यकर्ता ताथा वन मन्त्रालयका कर्मचारीहरुको मिलेमतोमा जिल्ला भरीका ठूला वन क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागु गरि हरिया साल,हल्दु अस्ना लगातका रुखहरु कटानी गर्ने कार्यले जैविक विविधतामा ठूलो असर पुग्ने खतरा निम्त्याईरहेको हुदा  वैज्ञानिक वन खारेज हुनुपर्ने माग राखेका हुन् । 

कैलाली जिल्लाको मोहन्याल र चुरे गाउँपालिकामा वैज्ञानिक वन बनाउने कार्यले चुरे विनास भएर तल्लो तटिय क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरोको समस्या बढ्दै जाने खतरा रहेको कुरा सामुदायिक उपभोक्ता महासंघ कैलाली जिल्लाका अध्यक्ष कर्ण रावलले बताउनु भएको छ । 
चुरे क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागु गर्ने कार्यले तराईमा पानीको स्रोत घट्न गई सुख्खा र खडेरी बढ्ने भएकाले तराईको उत्पादन घट्ने देखि लिएर मानव अस्तित्व समेत संकटमा पर्न भएकाले चुरे देखि लिएर संवेदनशील क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागु वगरेर वातावरणीय समस्या सृजना हुने खतरा रहेको कुरा अध्यक्ष रावलले बताउनु भएको छ ।

जिल्लास्थित केहि राजनीतिक दलका नेता कार्यकर्ता देखि लिएर प्रदेश स्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय समेत मुकदर्शक भएरबस्नालेउनिहरुको पनि संलग्नता रहेको झनै स्पष्ट भएको अध्यक्ष रावलको आरोप छ ।
कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको फलेविसौना लगायतका क्षेत्रमा वैज्ञानिक वन बनाएर भैरहेको कटानीको बारेमा मंगलबार मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल,निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशी ,वडानम्बर ७ काअध्यक्ष खर प्रसाद अधिकारी र स्थानीय सञ्चारकर्मीहरुको टोलीले स्थलगत रुपले अनुगमन गरेको छ ।

उता मोहन्याल गाउँपालिकाले समेत मोहन्याल गाउँ कार्यपालिकाको बैठकले चुरेमा वैज्ञानिक वन कार्यक्रमलाई प्रतिबनध लगाउने निर्णय समेत गरेको छ । गाउँपालिकाले वैज्ञानिक वन कार्यक्रममा प्रतिबन्ध व्यवस्था लगाउने निर्णय गर्ने वित्तिकै चार वटा सामुदायिक वनमा धमाधम रुखहरु कटान गर्न थालिएकोले उक्त कार्य तत्काल रोकिनुपर्ने माग सहितको पत्र मोहन्याल गाउँपालिकाले सरोकारवाला निकायमा पत्राचार गरिसकिएको कुरा मोहन्याल गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशीले बताउनु भएको छ ।

यसैबिच आम उपभोक्ताहरुको अनुमति विना गुपचुपमा सामुदायिक वनलाई वैज्ञानिक वन बनाएको भन्दै लम्की चुहा नगरपालिकाको कोपिला वनका उपभोक्ताहरुले सो सामुदायिक वनको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । आम उपभोक्ताले तत्काल सो वनमा लागु भैरहेको वैज्ञानिक वन कार्यक्रम तत्काल खारेज हुनुपर्ने माग आम उपभोक्ताले गरेका छन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: