वैज्ञानिक वनका नाममा हुँदै अनियन्त्रित वन फँडानीः बनमाफिया मौलाउँदै, नियमन गर्ने निकाय मौन

वन फँडानी
Ad
  • Kalopati

धनगढी, जेठ ६ ।
कैलाली, कञ्चनपुर लगाएत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लकडाउनकै बेला वैज्ञानिक वन व्यवस्थापनको नाममा धमाधम बन फडानी सुरु भएको छ । जिल्लामा प्रसस्त मात्रामा खाली बन छाडेर बन व्यवस्थापनको नाममा सालका काँचा रुखहरुको फँडानी भएको पाईएको छ ।

लकडाउनमा सारा देश ठप्प बनेको छ तर केहि बनमाफियाहरुका कारण वृक्षारोपण गर्नुपर्ने ठाउँमा उल्टै भएका रुखहरुपनि फँडानि भएका छन् । दिन प्रतिदिन बन सखाप बन्दै गएको छ । वैज्ञानिक वनको नीतिमा बन जोगाउने कुरा त परै जाओस् उल्टै भएकै बनजंगलपनि मास्ने गतिविधि तिव्र भएको छ ।

लगातार हुँदै गैको वन फडानीले वन्यजन्तु भाग्ने र पर्यावरणमा नकरात्मक प्रभाव पर्ने प्रष्टै देखिन्छ । अनियन्त्रित रुपमा भएको वन फडानीका कारणले दिनप्रतिदिन बनमाफियाहरु मौलाउदै गएको सजिलै आंकलन गर्न सकिन्छ । अनियन्त्रित रुपमा रुख कटान भएपछि जमिन मरुभूमी बन्ने खतरा बढ्नै सम्भावना देखिन्छ । तर नियमन र निगरानि गर्ने निकायको सक्रियता भने अत्यन्तै न्युन देखिएको छ । वैज्ञानिक वनको नाममा हुने गरेको यस किसिमको गतिविधिको नियन्त्रण र नियमनमा आवश्यक छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: