कोरोनाका कारण नेपालमा एक महिलाको मृत्युः समवेदना प्रकट गर्दै प्रम ओली भन्छन्, ‘मृत्युको खबरले दुःखि तुल्यायो’

ओली
Ad
  • Kalopati

काठमाडौं, जेठ ०४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककी सुत्केरीको मृत्युले दुःखी तुल्याएको जनाएका छन्। आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवराजनमा समवेदना प्रकट गरेका हुन्।

कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु, प्रधानमन्त्रीले ट्विटमा लेखेका छन्। प्रधानमन्त्री ओलीले यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने जनाएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: