मौसम पूर्वानुमानः अपराह्नपछि चट्याङ र हावाहुरीसँगै वर्षा हुने, सतर्क रहन आग्रह

Musam
Ad
  • Kalopati

काठमाडौं, जेठ ०४ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्वीलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।
अहिले देशको पूर्वी भूभागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको बताइएको छ । मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

विभागले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गरेको छ । आगामी तीनदिनसम्म सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: