लकडाउनमै भित्रिए बैतडीमा २ हजार भन्दा बढी प्रवासीय नेपाली

Baitadi
Ad
  • Kalopati

बैतडी, जेठ ३ ।
लकडाउन भएको गएको चैत ११ देखि हालसम्म को अबधिमा भारत तथा तेस्रो मुलकबाट बैतडीमा २ हजार ५१ जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो । तेस्रो मुलुकबाट १५ जना भित्रिएका छन् भने लकडाउनको अबधिमा आएका सम्पुर्ण लाइ अनिवार्य क्वारेन्टाइनमा राखि घर पठाईएको छ ।

लकडाउन अबधिमा पनि स्थानीय सरकार र जिल्ला प्रशासन ले झुलाघाटमा अलपत्र परेका नेपाली मजदुरको उद्धार गरि ल्याएको थियो । यसका साथै अवैध रुपमा पनि महाकाली तरेर पनि धेरै नागरिक जिल्ला भित्रिएका बताईएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेको छ । यही जेठ ५ गतेसम्म लकडाउन जारी रहने निर्णय गरेको थियो । साथै सीमानाका भने जेठ १८ सम्म बन्द रहने निर्णय गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: