नेपाली सेनाले उपयुक्त समयमा भारतीय सेना प्रमुख नरभानेलाई जवाफ दिने

नेपाली र भारतीय सेना प्रमुख
Ad
  • Kalopati

काठमाडौं, जेठ ०३ । 
नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।
साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ ।
नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’ उपयुक्त मञ्च कुन हो भन्ने बारे भने पाण्डेले खुलाएका छैनन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।

प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: