धनगढीमा भारतिय मजदुरः कतै सडक, कतै होटलमा बास, भन्छन्, ‘हामीलाई स्वदेश पठाइदेउ’

मजदुर
Ad
  • Kalopati

धनगढी, जेठ ३ ।
धनगढी बजारमा शनिबार भारतिय मजदुर देखिन थालेका छन् । शुक्रबार नेपालमा रहेका भारतिय मजदुरहरुलाई भारत पठाएलगत्तै छुटेका भारतिय मजदुरहरु धनगढीका सडकमा देखिन थालेका छन् ।

शुक्रबार छुटेका गौरिगंगा नगरपालिका, गोदावरी नगरपालिका लगाएतका विभिन्न ठाउँहरुका झण्डै १५० जना मजदुरहरु धनगढीमा अलपत्र परेका छन् । त्यस्तै अलपत्र परेकाहरुमध्ये ६१ जना भारतिय मजदुरहरुलाई होटल व्यवसायी तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आफ्नै होटल फ्लोरामा राखेको जानकारी दिनुभयो । त्यहाँ राखिएका मध्ये अधिकांश नेपालका विभिन्न उद्योगमा मजदुरी गर्दै आएका छन् ।

अलपत्र परेका भारतिय मजदुरहरु भारतको पलियाँ, लखनऊ, पिलिभित, बरेली लगाएत सहरका रहेका छन् । उनिहरुलाई नेपालबाट पठाउने तयारी भएको तर भारतिय एसएसबिले अनुमति नदिएका कारण अलपत्र परेको स्रोतले बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: