गुल्मीको रेसुङ्गा नगरपालिकामा ट्रक पल्टिँदा चालकको मृत्यु

Ad
  • Kalopati

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको छ ।

आइतबार बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले बताएका छन् । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो । -रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: