शुक्रबार ३४ दशमलव ८५ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३४ दशमलव ८५ अंकले घटेर २११३ दशमलव ३० बिन्दुमा पुगेको हो । कुल २११३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै शुक्रबार सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: