काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार २ सयले बढेर ९५ हजार ६ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रहेको छ भने सोमबार यसको मूल्य ९४ हजार ९ सय रहेको थियो ।