‘वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु’ : मन्त्री कुँवर

Ad
  • Kalopati

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिएका हुन् ।

‘वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्नेछ’, उनले भने ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ एनआरएनएबीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताएका हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: