अध्यक्ष ओलीद्धारा कार्यकर्तालाई सुझाव-‘गल्ती दोहोर्याउने छुट कसैलाई छैन’

Ad
  • Kalopati

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले बिहिबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्याउनु बेठीक हुने उनले बताएका हुन् ।

उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट अब नभएको बताएका छन् । उनले ठट्टा गर्दै भने , ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराए , तर उनले जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरेका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोयाएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: